हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज साेमवारकाे पहिलाे खेल रोचक बराबरीमा सकिएको छ ।
कतारकाे अल जनाैब स्टेडियममा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सर्बिया बराबरीमै रोकिन बाध्य भयो । २९ औँ मिनेटमा क्यामरुनका जेन चार्लेस कास्टेलेटाेले गोल गरेर अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाका स्ट्राहिना पाभ्लोभिच पाभ्लाेभिक र सर्गे मिलिन्कोभिक साभिकले गोल गरेर खेललाई २–१ को अवस्थामा पुर्याए ।
फेरि खेलकाे ५३ मिनेटमा एलेकसनदर मिट्राेभिकले गोल गरेपछि सर्बिया ३–१ को अवस्थामा पुगेको थियो । तर क्यामरुनका भिन्सेन्ट एबाेउबकरले ६३ र इरिक म्याक्सिम चाेउपाे मोटिङले ६६ मिनेटमा गोल गर्दै खेललाई ३–३ गोलको रोचक बराबरीमा ल्याए ।
समूह 'जी' मा दुई खेलमा समान १/१ अङ्कसहित क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन् । अब यी दुईले अन्तिम खेल जिते पनि नकआउट राउन्डमा पुग्ने सम्भावना निकै कम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।