राम–जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

 मंसिर १३, २०७९ मंगलबार २०:२०:४४ | रासस
unn.prixa.net

धनुषा – श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज मङ्गलवार रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रही आएको छ । भोजनपछि साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा रहेको छ ।

साधु–सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन् । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत रामकलेवा (बिदाइ) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ । यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतीकको विवाह गरिएको हो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया