हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगकाे खेलमा खराब ब्याटिङ गरेकाे छ । नेपालले स्कटल्यान्डलाई एक सय ३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४० ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, राेहित पाैडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले तीन विकेट लिए ।
यसअघि नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ ।
नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग–२ खेलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।