गैरकानुनी रुपमा टर्की पुर्याएर अलपत्र पार्ने एक जना पक्राउ

 जेठ २४, २०७५ बिहिबार १२:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – युवालाई गैरकानुनी रुपमा टर्की र ईजिप्ट लगायतका देशमा पठाउने एक व्यक्तिलाई प्रहरीले पक्रिएको छ । 
युरोपियन क्रुज तथा ग्रिसमा राम्रो काम लगाइदिने भन्दै टर्की पर्याएर अलपत्र पार्ने चितवनका निरन्जन भट्टराईलाई प्रहरीले भृकुटीमण्डप, प्रदर्शनीमार्गबाट पक्रिएको हो । 
उनले युवालाई टर्की पुगेपछि टेम्पोररी रेसिडेन्ट कार्ड पाइने, अष्ट्रेलिया क्यानडा लगायतका देशमा समेत जान मिल्ने, केही समयपछि परिवारलाई समेत लान पाइने र महिनामा ७ सय ५० अमेरिकी डलर तलब हुने हुने भन्दै एक जनाबाट ६ लाख ५० रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ । 
यस्तै प्रहरीले विदेश पठाइदिने भन्दै पासपोर्ट लिएर राख्ने होटलका सञ्चालकलाई पनि पक्राउ गरेको छ । ४१ वटा पासपोर्टसहित नयाँ बसपार्कमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया