यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्ने

 असोज २१, २०७५ आइतबार ७:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा भैरहेको साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ । समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ । 

फाइनल खेलमा बंगलादेश बलियो दाबेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो । बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । 

नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो । नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् । पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् । 

फाइनल अघि तीन बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया