‘हिंसामुक्त समाज, रोगमुक्त शरीर र तनावमुक्त मनका लागि योग र ध्यान गर्नुहोस्’

 असोज २१, २०७५ आइतबार १५:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बढ्दो शहरीकरणका कारण मानिसको जीवनशैली पनि व्यस्त हुन थालेको छ । 

व्यस्त जीवनशैलीका कारण मानिसमा धेरै रोग र तनाव बढेको पाइन्छ । पछिल्लो समय रोग र तनावबाट मुक्ति पाउनका लागि योग र ध्यानमा युवा पुस्ताहरुको आकर्षण देखिन थालेको छ ।

कार्यक्रममा कलेजका विद्यार्थीदेखि विभिन्न पेशाकर्मीहरुको सहभागिता बढी हुने गरेको छ । आर्ट अफ लिभिङले नेपालगञ्जमा हेप्पिनेस कार्यक्रम सञ्चालन गर्न थालेपछि ६ दिने कक्षामा युवापुस्ताको उत्साहजनक सहभागिता हुने गरेको छ ।

नेपालगञ्जमा असारको पहिलो साता यता नियमित रुपमा ‘ह्याप्पिनेस’ प्रोग्राम चलिरहेको छ । अहिलेसम्म सातवटा कक्षामा झण्डै चार सय बढीले सहभागिता जनाएको योग प्रशिक्षक काव्य लम्सालले जानकारी दिनुभयो ।

‘हिंसामुक्त समाज, रोगमुक्त शरीर र तनावमुक्त मन यसको मुख्य उद्देश्य हो’, योग गुरु लम्सालले भन्नुभयो, ‘शारीरिक र मानिसक रुपमा स्वस्थ राख्नलाई यसले सहयोग पु¥याएको छ ।’

मानिसको व्यस्त जीवनशैलीले खानपिनमा प्रभावित पारिरहेको भन्दै योग गुरु लम्सालले ६ दिने कक्षा समापनका दिनमा प्रत्येक सहभागीमा मुस्कान देखिने गरेको अनुभव सुनाउनुभयो ।

६ दिने कक्षामा सहभागी नेपालगञ्जमा रहेको चार तारे होटल सिद्धार्थ भ्यूका सञ्चालक कृष्ण भण्डारीले  ‘ह्याप्पिनेस प्रोग्राम’ले आफ्नो सोच र काम गर्ने तौरतरिकामा परिवर्तन आउन थालेको बताउनुभयो ।  

नेपालगन्जमा केही वर्षअघि ‘आर्ट अफ लिभिङ’को कक्षा सञ्चालन भए पनि निरन्तरता पाउन सकेको थिएन । अब नेपलगञ्जमा ‘आर्ट अफ लिभिङ’को योग तथा ध्यान केन्द्र स्थापनाको पहल भइसकेको छ । 

नेपालगन्ज निवासी माला शर्माको पहलमा सुरुवात गरिएको ‘ह्याप्पिनेस प्रोग्राम’ले निरन्तरता पाइरहेको छ । ‘आर्ट अफ लिभिङको योग, ध्यान र ज्ञानबाट म आफैँ डिप्रेसनबाट मुक्त भए’, शर्माले भन्नुभयो, ‘अहिले अरुलाई खुशी बाँडिरहेको जस्तो लाग्छ ।’
योगगुरु लम्सालले दैनिक एक डेढ घण्टा मात्र योग, ध्यान र सुदर्शन क्रिया गरेमा दिनभर स्पूmर्तिका रुपमा काम गर्न सकिने र कुलतमा फस्नबाट जोगाउँदै व्यक्तिलाई अहिंसात्मक बनाउनेमा जोड दिनुभयो । 

६ दिने ‘ह्याप्पीनेश कार्यक्रम’सँगै तीन दिने एडभान्स ध्यान कक्षा समेत संचालन गरिएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया