काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले 'ह्वाइट वास' गरेको छ । कराँचीमा आज मङ्गलवार सकिएको तेस्रो टेस्ट क्रिकेट आठ विकेटले जितेसँगै तीन खेलको शृङ्खला इङ्ग्ल्यान्डले 'ह्वाइट वास' गर्न सफल भएको हो ।
तेस्रो टेस्ट जित्न पाएको एक सय ६७ रनको लक्ष्य इङ्ग्ल्यान्डले आज चौथो दिनको पहिलो सेसनमा मात्रै दुई विकेट गुमाएर भेटायो । उसका बेन डकेट ८२ रनमा नटआउट रहे । पाकिस्तानका अबर अहमदले दुई विकेट लिए ।
यसअघि पहिलो खेल ७४ र दोस्रो खेल इङ्ग्ल्यान्डले २६ रनले जितेको थियो । १७ वर्षपछि टेस्ट क्रिकेट खेल्न पाकिस्तान पुगेको इङ्ग्ल्यान्डले सबै खेल जितेर यात्रा सुखद बनाएको छ । पाकिस्तानले टेस्ट इतिहासमा पहिलाे पटक आफ्नै भूमिका ह्वाइट वास बेहाेरेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।