काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – फिफा विश्व कप फुटबल २०२२ प्रतियोगिता जितेको अर्जेन्टिनी टोली आज मङ्गलवार स्वदेश फर्किएको छ । टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् । लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् ।
सरकारले आज सार्वजनिक बिदा नै दिएको छ । विश्व कपको उपाधि जित्ने क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बने । संसारभर उनको चर्चा भइरहेको छ ।
पाँच वटा विश्व कप खेल्दा अहिले पहिलो पटक उपाधि जिताएका मेस्सीले विश्व कपको ट्रफीलाई निकै माया गरेका छन् । उपाधि जितेसँग उनले हरेक ठाउँमा ट्रफी बोकेका तस्बिर सार्वजनिक भइरहेका छन् ।
मेस्सीले ओछ्यानमा जाँदासमेत ट्रफी छाडेका छैनन् । उनले फेसबुकमा राखेको तस्बिरमा ट्रफीसँगै सुतेको अनि केही पिएको देखिएको छ । ओछ्यानमा ट्रफीसँग मेस्सी निकै मख्ख देखिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Samjhana Dahal
Dec. 21, 2022, 8:46 p.m.Good