सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
ओखलढुंगा– ओखलढुंगा सदरमुकाममा एक हप्तादेखि अवरुद्ध विद्युत अझै सञ्चालनमा आउन सकेको छैन् ।
विद्युत् अवरुद्ध भएपछि सरकारी तथा निजी क्षेत्रका कार्यालयहरुको काम प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मा रहेको गोरुमारेभञ्ज्याङमा रहेको सब–स्टेशनमा रहेका ट्रान्सफर्मर बिग्रिएपछि ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको हो ।
हाइ भोल्टेजले ट्रान्सफर्मर पड्किएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ । ट्रान्सफर्मर पड्किएपछि खोटाङको बुइपा हुँदै ओखलढुंगा आउने र मोलुङ खोलामा उत्पादित विद्युत प्रशारणमा अवरोध पुगेको हो । विद्युत दैनिक अभाव हुँदा जिल्लामा सञ्चालित संचारमाध्यम र पत्रकारहरु बढी प्रभावित भएका छन् ।
विद्युत अवरुद्ध भएपछि टेलिफोन तथा इन्टरनेट सेवा समेत प्रभावित बनेका छन् । ट्रान्सफर्मर खरिद गरेर ल्याउने काम भइरहेको वितरण केन्द्रका प्रमुख सञ्जीव शाहले बताउनुभयो ।