पसिनाको मूल्य थाहा भएकाले युएईमा भेट्टाएको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेँ

 जेठ २४, २०७५ बिहिबार १३:२६:३ | उमाकान्त पाण्डे
unn.prixa.net

मिरन कार्की

मिरन कार्की/हाल युएई । 

शुक्रबारको दिन थियो । दुवईमा रहेको इमिरेट्स मलमा रहेको कफीसप स्टारबक्समा काम गर्दै थिएँ । आउने जाने ग्राहक धेरै थिए । त्यो दिन बसेर कफी खाने ठाउँ हेर्नुपर्ने मेरो ड्युटी थियो । १५ हजार दिर्हामको कफी बिक्री भएको थियो । 

 
झोलाभरी डलरका मुठा देखिएको थियो । पैसा थोरै भएको भए एड्मिनमै राखेर सम्बन्धित मान्छे आएपछि फिर्ता गरिन्थ्यो । वा सपिङ मलको सेक्युरिटीलाई जिम्मा लगाइन्थ्यो । तर त्यो झोलामा डलरका थुप्रै बन्डल र पासपोर्ट देखेपछि डर लाग्यो ।   

 

साँझ ५ बजेतिरको कुरा हो । एक हुल ग्राहक आए । उनीहरुले कफी सँगै केही केक अर्डर गरे र त्यही बसेर खाए । भीड थियो । सबै ग्राहकलाई हेर्नुपर्ने भएकोले धेरैबेर एउटै समुहलाई हेर्ने कुरा भएन । कफी खाएपछि एउटा समुह निस्कियो । एउटा कालो झोला भने उनीहरुले टेबुलमा छुटाएका थिए । छाडेको सामान लिन आउलान भनेर आधा घण्टा मैले त्यो टेबुल सफा गरिन ।   

कोही पनि नआएपछि टेवल सफा गर्दै छोडिएको झोला लिएँ । कम्पनीको नियम अनुसार ग्राहकले छाडेको सामान हामीले त्यही कफीसपको एड्मिनमा बुझाउनु पर्छ । स्टारबक्स भित्र सिसी क्यामेरा हुँदैन । तर इमान्दार भएर सामान फिर्ता गरिएन र कसैगरी कम्पनीको लस एण्ड प्रिभिएन्स विभागले थाहा पाए जागिरबाट निष्काशन गर्न सक्छ । 

 
२२ मेमा दुवई पुलिस केन्द्रीय कार्यालयबाट अनुसन्धान गर्ने शाखाका सहायक निर्देशक कर्णेल मोहम्मद अकिल अहलीसहितको टोली म काम गर्ने ठाउँमा आयो । मलाई सम्मान गर्न उनीहरु आएका रहेछन् । पैसा भएको झोला सम्बन्धित प्यालेस्टाइन नागरिकलाई बुझाईसकिएको रहेछ । युएईको राष्ट्रियस्तरको सम्मान अवार्ड मलाई दिइयो । 

 

मैले पनि भेटेको झोला बुझाउन लगेँ । झोला पूरै बन्द थिएन । झोलाभरी डलरका मुठा देखिएको थियो । पैसा थोरै भएको भए एड्मिनमै राखेर सम्बन्धित मान्छे आएपछि फिर्ता गरिन्थ्यो । वा सपिङ मलको सेक्युरिटीलाई जिम्मा लगाइन्थ्यो । तर त्यो झोलामा डलरका थुप्रै बन्डल र पासपोर्ट देखेपछि डर लाग्यो ।   

म्यानेजरकै आग्रहमा तत्काल सेक्युरिटी गार्डलाई बोलाइयो । गार्डले पनि त्यो झोला बुझ्न मानेन । झोला बोकेर मलको सुरक्षा हेर्ने कार्यालयमा गएँ । त्यहाँ पनि राख्न मानेनन् । उनीहरुले सिआइडीलाई सम्पर्क गर्न भने । त्यहीबाट नम्बर लिएर म आफैंले फोन गरे । केहीछिनमै सीआइडीहरु आए र गाडीमा राखेर सोधपुछ गरे । 

झोलामा भएको पैसा गनियो । एक लाख १८ हजार अमेरिकी डलर अथवा एक करोड २९ लाख रुपैयाँ र केही पासपोर्ट झोलामा भेटियो । गल्ती नभएकाले जे हो त्यही कुरा निर्धक्क भएर भनिदिएँ । बयानपछि मेरो कागजपत्रको फोटोकपी समेत लिएर उनीहरु फर्किए ।

 
कतिपयले पैसा भेटेपछि किन नेपाल नगएको भनेर सोध्छन् । उनीहरुले त्यो पैसा फिर्ता नगरेको भए काठमाडौंमा दुई वटा घर किन्न पुग्ने थियो पनि भन्छन् । मेरा बुवाआमाले कहिल्यै अरुको पसिना नखानु भन्नुहुन्थ्यो । त्यही कुरा सम्झेर पैसा फिर्ता गरेको हुँ । अहिले यही कुराले नेपाली बहादुर मात्रै होइन, इमान्दार पनि हुन्छन भन्ने कुरा जोडिएकामा मलाई गर्व लागेको छ । 

 

त्यसबिचमा कहिलेकाही सिआइडीबाट सोधपुछका लागि फोन आउँथ्यो । मैले थाहा पाएका कुरा भनिदिन्थें । १८ दिनपछि २२ मेमा दुवई पुलिस केन्द्रीय कार्यालयबाट अनुसन्धान गर्ने शाखाका सहायक निर्देशक कर्णेल मोहम्मद अकिल अहलीसहितको टोली म काम गर्ने ठाउँमा आयो । मलाई सम्मान गर्न उनीहरु आएका रहेछन् । पैसा भएको झोला सम्बन्धित प्यालेस्टाइन नागरिकलाई बुझाईसकिएको रहेछ । युएईको राष्ट्रियस्तरको सम्मान अवार्ड मलाई दिइयो । 

स्थानीय प्रशाशनले सम्मान गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । युएईका स्थानीय मिडियाले प्रमुख प्राथमिकतामा राखेर समाचार बनाए । नेपालका अनलाइनमा समाचार प्रकाशन भए । कम्पनीले सञ्चारमाध्यममा जान अनुमति दिँदैन । तैपनि धेरै मिडियाले मलाई सम्पर्क गरिरहे ।

काममा असर नपुगोस भनेर केहीदिन मोवाइल नै बन्द गरेँ । ७० हजार भन्दा धेरै कामदार रहेको कम्पनीको सिइओ वासिम अरबीले कुवेत केन्द्रीय कार्यालयबाट फोन गर्न चाहेको कुरा आयो । फोन गर्न खोजेको कुरा दुवई कार्यालयका प्रतिनिधिले सुनाए । त्यसपछि भने मोवाइल खुल्ला गरेँ । कम्पनीले मलाई ५ हजार दिर्हाम (झण्डै डेढ लाख रुपैयाँ) नगदसहित सम्मान गरेको छ । 

अहिले यहाँका रेडियो, पत्रपत्रिकामा अन्तरवार्ता दिन भ्याइनभ्याई छ । कतिपयले पैसा भेटेपछि किन नेपाल नगएको भनेर सोध्छन् । उनीहरुले त्यो पैसा फिर्ता नगरेको भए काठमाडौंमा दुई वटा घर किन्न पुग्ने थियो पनि भन्छन् । मेरा बुवाआमाले कहिल्यै अरुको पसिना नखानु भन्नुहुन्थ्यो । त्यही कुरा सम्झेर पैसा फिर्ता गरेको हुँ । अहिले यही कुराले नेपाली बहादुर मात्रै होइन, इमान्दार पनि हुन्छन भन्ने कुरा जोडिएकामा मलाई गर्व लागेको छ । 

युएई आएको १५ वर्ष भयो । ३६ वर्षको भएँ । यहाँ आउनुअघि झापाबाट एसएलसी पास गरेर काठमाडौंको आरआर क्याम्पस भर्ना भएको थिएँ । क्याम्पस पढ्न थालेको डेढ वर्ष हुँदा सन् २००३ मा म युएई उडेको हुँ । इमिरेट्स क्याटरिङ्ग कम्पनीमा छ सय दिर्हाम तलब थियो त्यसबेला । भान्सा तथा खाना पोको पार्ने काम गर्थें । सन् २००७ मा अलसाया नामक बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको स्टारबक्समा काम सुरु गरेको हो । १५ वर्षमा कमाएको भन्दा पैसा भेटेर फिर्ता गरेको कुराले सन्तुष्टि दिएको छ । किनभने मलाई पसिनाको मूल्य थाहा छ । 

कार्कीसँग युएईका उज्यालो सहकर्मी उमाकान्त पाण्डेले गरेको कुराकानीका आधारित । 

अन्तिम अपडेट: मंसिर १६, २०७५

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ। 

तपाईको प्रतिक्रिया