इङ्ल्यान्डकी बेथलाई 'बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर' अवार्ड

 पुष ७, २०७९ बिहीबार १२:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् ।

सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् । बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी समेत बनेकी छिन् ।

२७ वर्षीय बेथले इङ्ल्यान्डलाई सन् २०२२ को महिला युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् । इङ्ल्यान्डले महिला फुटबलको पहिलो मुख्य उपाधि जित्दा उनले ४ गोल गरेकी थिइन् ।

यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर अवार्ड जितेका थिए ।
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया