स्पेनी क्लबसँग नेपालका २ टिमले मैत्रीपूर्ण फुटबल खेल्ने

 पुष ७, २०७९ बिहीबार १४:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनी फुटबल क्लब कासेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । आज बिहीवार लुम्बिनी गार्डेन फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । 

कासेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । कासेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब पनि हो । स्पेनी क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रङ्गशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । गण्डकी–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । गण्डकी–११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नेछन् । 

त्यस्तै कासेरेन्यो एफसीले पुस १४ गते काठमाण्डाैकाे दशरथ रङ्गशालामा काठमाण्डाै–११ सँग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डाै–११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् । काठमाण्डाै–११ को प्रशिक्षण मेघराज केसीले गर्नेछन् । 

स्पेनी क्लब कासेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड जस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडी रहेका छन् । नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित मैत्रीपूर्ण फुटबल खेलाउन लागेकाे आयोजकले जनाएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा 'शान्तिका लागि फुटबल' भन्ने नारासहित मैत्रीपूर्ण फुटबल आयाेजना हुन लागेकाे हाे । नेपाल भ्रमण गर्ने स्पेनी टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि छन् । विश्व कप फुटबल १९९० मा मोनोलो स्पेनी टिमको मुख्य खेलाडी थिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया