फिफा वरीयतामा नेपाल यथावत्, विश्व कप जितेकाे अर्जेन्टिना दाेस्राे स्थानमा उक्लियाे

 पुष ७, २०७९ बिहीबार १९:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा यथावत् रहेको हो ।

नेपाल अघिल्लो महिना पनि एक सय ७५ औँ स्थानमै थियो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत एक सय छ औँ स्थानमा रहँदै पहिलाे स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान एक ८५ औँ, बङ्गलादेश एक सय ९२ औँ, पाकिस्तान एक सय ९५ औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

फिफा वरीयताअनुसार कतार विश्व कप जितेकाे अर्जेन्टिना एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा आइपुगेकाे छ । विश्व कपको क्वार्टर–फाइनलमा क्राेएसियासँग पराजित ब्राजिल शीर्ष स्थानमा यथावत् छ । यस्तै विश्व कप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

बेल्जियम चौथो स्थानमा झर्दा इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा रहेकाे छ । यस्तै नेदरल्यान्ड्स, क्रोएसिया, इटली, पोर्चुगल र स्पेन शीर्ष १० मा रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया