हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।
कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ।
आईपीएल इतिहासमा सर्वाधिक महँगो मूल्य सन् २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँ खर्चेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।