हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।
कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ ।
मेस्सीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ । मेस्सी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।
मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्व कप फुटबलको उपाधि समेत जितेको छ । सात पटकको बालोन डीओर विजेता मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए । उनले विश्व कपमा ७ गोल र ३ असिस्ट गरेका थिए । फाइनलमा उनले दुई गोल गरे । मेस्सी विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।