हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न लागेका हुन् ।
बङ्लादेशले लिग चरणको तीन वटै खेल जितेको थियो भने नेपाल तीन खेलमै पराजित भयो । तर, प्रतियोगितामा चार वटा टोली सहभागी भएकाले चारै टोलीले सेमिफाइनलमा खेल्न लागेका हुन् । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्का सहभागी छन् ।
आज हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल र बङ्लादेश नेपाली समय अनुसार पौने ३ बजे र दोस्रो सेमिफाइनलमा श्रीलङ्का र किर्गिस्तान सवा ५ बजे खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।