नेपाललाई हराउँदै बङ्गलादेश २३ वर्षमुनिकाे एसियन जाेन भलिबलकाे फाइनलमा

 पुष १०, २०७९ आइतबार १९:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ । यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो । 

आज आइतवार भएको सेमिफाइनल खेलमा नेपाललाई आयोजक बङ्गलादेशले तीन–शून्यको सोझो सेटमा हराएको हो । अब बङ्गलादेशले फाइनलमा उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराएर फाइनल पुगिसकेको छ । 

नेपालले अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया