हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – फुटबलका स्टार पेलेको ८२ वर्षकाे उमेरमा निधन भएको छ । पेलेकाे उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।
ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।
पेलेकाे निधनमा कसले के भने ?
पेलेकाे आधिकारिक ट्विटर एकाउन्टबाट लेखिएकाे छ, ‘पेले केवल सर्वकालीक महान् खिलाडी मात्र थिएनन् । उनी त्याेभन्दा बढी थिए । पेले कठिन समयमा कहिल्यै आत्तिएनन् । उनले आफ्नाे पितासँग विश्व कप जित्ने वाचा गरेका थिए र उनले तीन पटक विश्व कप जिताए । उनले हामीलाई नयाँ ब्राजिल दिए र हामी उनकाे विरासतका लागि आभारी छाैँ । धन्यवाद पेले ।’
उनकाे निधनमा विश्वभरका दिग्गज फुटबलरहरूले प्रतिक्रिया दिएका छन् । यही महिना विश्व कप जित्ने अर्जेन्टिनाका स्टार खेलाडी लियाेनल मेसीले पेलेसँग आफ्नाे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस, पेले ।’
यस्तै वर्तमान समयका अर्का स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेले लेखेका छन्, ‘पेले लाखाैँ मानिसका प्रेरणा रहेका छन् । उनकाे उदाहरण हिजाे पनि दिइन्थ्याे, आज पनि दिइन्छ र सधैँ दिइनेछ । उनलाई कहिल्यै पनि बिर्सन सकिँदैन । उनकाे याद हामी फुटबलप्रेमीसँग रहनेछ । रेस्ट इन पिस, किङ पेले ।’
यस्तै ब्राजिल टिमका स्टार खेलाडी नेयमारले इन्स्टाग्राममा लेखेका छन्, ‘पेलेभन्दा अघि १० मात्र एक नम्बर थियाे । मैले याे वाक्य कहीँ पढेकाे थिएँ । याे राम्राे छ तर अपूर्ण छ । म भन्न चाहन्छु कि पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियाे । पेलेले सबै परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनाेरञ्जनमा ढालिलिए ।’
यस्तै फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले पेलेसँगकाे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘फुटबलका बादशाह हामीलाई छाेडेर गए तर उनकाे विरासतलाई कहिल्यै भुल्न सकिँदैन । रिप किङ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।