मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे
बैशाख २३, २०८१ आइतबार
दैलेख – श्रीमती हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले आज आइतवार श्रीमानलाई जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीमा माइतीमा बस्दै आएकी २१ वर्षीया सुनिता विक गोठाला गएको बेला २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा श्रीमान् प्रेमबहादुरले हत्या गरेको आराेपमा मुद्दा चलेको थियो । भैँसी लिएर गाेठाले गएकी सुनितासँगकाे याैन सहवासपछि प्रेमबहादुरले हत्या गरेकाे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट जन्मकैद २५ वर्षको फैसलाका साथै बलात्कारसमेत पुष्टि भएको जनाउँदै थप तीन वर्ष कैदको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।