यौन दुर्व्यवहारको आरोपपछि प्रशान्त झाले हिन्दुस्तान टाइम्सको ब्यूरो चिफबाट दिए राजीनामा

 असोज २२, २०७५ सोमबार १८:८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नै पूर्व सहकर्मीद्वारा यौन दुर्व्यवहारको आरोप लागेपछि हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झाले राजीनामा दिएका छन् । 

भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्समा ब्यूरो चिफ तथा राजनीतिक सम्पादकका रुपमा कार्यरत झालाई तत्कालका लागि व्यवस्तापकीय जिम्मेवारीबाट मात्रै हटाइएको द न्यूज मिनटले जनाएकाे छ । प्रशान्त झा रिपोर्टरका रुपमा रहने हिन्दुस्तान टाइम्सको व्यवस्थापनले जनाएको छ । 

पूर्व सहकर्मीद्वारा यौन दुर्व्यवहारको आरोप लागेपछि झालाई हिन्दुस्तान टाइम्सले व्यवस्थापकीय जिम्मेवारीबाट राजीनामा दिन दबाब दिएको बताइएको छ । प्रशान्त झा ‘हाउ द बीजेपी विन्स’ र ‘ब्याटल्स अफ् द न्यू रिपब्लिक : अ कन्टेम्पोररी हिस्ट्री अफ् नेपाल’ का लेखकसमेत हुन् ।

हिन्दुस्टान टाइम्सकी एक पूर्व सहकर्मीले टट्विटरमा झाले उनीसँग ह्वाट्स एपमा गरेको कुराकानी सार्वजनिक गरेकी थिइन् ।

 

सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटिन् । दुवैको डेस्क नजिक थियो । दुवैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो । 

एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारिन् । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् । ‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन, आइन्दा यस्ता कुरा नगर’ भनेर इन्कार गरिरहँदा पनि झाले बारम्बार सन्देश पठाइराखेकाले दिक्क भएर सन् २०१६ मा हिन्दुस्तान टाइम्स छाड्नु परेको ती महिला पत्रकारको दावी छ । 

पहिलोपल्ट प्रेमको प्रस्ताव राखेको र आफूले तिमी विवाहित हौ भनेर स्मरण गराएको भोलिपल्ट झाले पठाएको व्यङ्ग्यात्मक सन्देशमा लेखेका थिए, ‘तिम्रो साध्वी सुझावको लागि धन्यवाद ।’ 

सन् २०१७ को अक्टोबरदेखि अमेरिकाबाट सुरु भएको  ३ःभत्यय अभियानअन्तरगत विश्वभरका महिलाहरुले आफूहरुमाथि आफ्नै सहकर्मी पुरुषहरुले गरेको यौन दुव्र्यवहारका बारेमा खुलेर बोल्दै आएका छन् । 

पछिल्लो समय भारतमा पनि यो अभियानका रुपमा बढेको छ । धेरैजना सेलिब्रिटीहरु आफूमाथि भएको दुव्र्यवहारका बारेमा बताउन थालेका छन् । पछिल्लो समय बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि बलिउड अभिनेता नाना पाटेकरले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि बलिउडमा तरङ्ग नै पैदा भएको छ । 

त्यस्तै पछिल्लो समय पत्रकार महिलाहरुले पनि आफूमाथि न्यूज रुममै पुरुष सहकर्मीहरुबाट दुव्र्यवहार भएको आरोप लगाउँदै आएका छन् ।

हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुर्व्यवहारको आरोप

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया