हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल श्रीलङ्...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोमा रहेकाे सान्तोस क्लबको रङ्गशालामा राखिएको छ ।
अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ हजारौँको भिड लागेको छ । पेलेको गएको बिहीवार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहनेछ ।
पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । पेलेले ब्राजिललाई तीन पटक विश्व कप फुटबलको उपाधि दिलाएका थिए ।
तस्बिर : बीबीसी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।