काठमाण्डाैले विराटनगरलाई ३४ रनले हरायाे

 पुष १९, २०७९ मंगलबार १३:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज मङ्गलवार भएकाे पहिलाे खेलमा काठमाण्डाै नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले हराएकाे छ । 

काठमाण्डाैले दिएकाे ९३ रनकाे लक्ष्य पछ्याएकाे विराटनगर ८ ओभर ५ बलमा ५८ रनमै अलआउट भयाे । विराटनगरका लागि गाैरन्शु शर्माले सर्वाधिक २२ रन बनाए । काठमाण्डाैका कमलसिंह ऐरीले तीन तथा अनिल खरेल र सुनम गाैतमले दुई/दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाैले ९ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएकाे थियाे । काठमाण्डाैका लागि सन्दीप रजालीले नटआउट ३२ रन बनाए । विराटनगरका नन्दन यादवले तीन विकेट लिए । 

याेसँगै जितसँगै काठमाण्डाै सात खेलमा आठ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । विराटनगर चार अङ्कसहित पाँचाैँ स्थानमा छ ।

यसअघि विवादका कारण बिहान खेलाडीकाे टस गर्न नमानेपछि ढिलाे गरी सुरु भएकाे खेल ९ ओभरमा झारिएकाे थियाे । (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया