काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामाअन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विराटनगर सुपर किङ्ग्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ । अन्तिम ओभरमा जितका लागि छ रन चाहिएकाेमा फार वेस्टले दुई रनमात्र जाेड्न सक्दा विराटनगरसँग तीन रनले पराजित भयाे ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएकाे एक सय ४८ रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले २० ओभरमा नाै विकेट गुमाएर एक सय ४४ रनमात्र बनाउन सक्याे । फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ५८ र उमेर अलीले १२ बलमा २३ रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् । विराटनगरका राज ननानले तीन र सूर्य तामाङले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे विराटनगरले २० ओभरमा छ विकेट गुमाएर एक सय ४७ रन बनायाे । विराटनगरका लागि हुसैन तलतले ५० र विवेक यादवले २० बलमा नटआउट ३५ रन बनाए । फार वेस्टका उमर अलीले दुई विकेट लिए ।
याे हारसँगै फार वेस्ट लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । विराटनगरले भने याे खेल जितेसँगै प्लेअफकाे सम्भावना बलियाे बनाएकाे छ । अब प्लेअफमा स्थान बनाउन पोखरा एभेन्जर्स, काठमाण्डाै नाइट्स र विराटनगरबीच प्रतिस्पर्धा हुने छ । समूह चरणकाे खेलकाे अन्तिम दिन भाेलि काठमाण्डाै र विराटनगर तथा पाेखरा र फार वेस्टबीच प्रतिस्पर्धा हुने छ । शीर्ष स्थानकाे लुम्बिनी अल स्टार्स र दाेस्राे स्थानकाे जनकपुर राेयल्स क्वालिफायरमा पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।