म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतद्वारा सफाइ

 जेठ २४, २०७५ बिहीबार १४:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – खेल मिलेमतोको आरोप लागेका ४ जना फुटबलरसहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीश, प्रमोद कुमार श्रेष्ठ, बाबुराम रेग्मी वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो । 

 विशेष अदालतले आज उनीहरुलाई सफाइ दिएको छ । राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै प्रहरीले पाँचै जनाविरुद्ध २०७२ कात्तिकमा जन्मकैदको माग गर्दै विशेष अदालतमा  मद्दा दायर गरेको थियो । तर खेलाडीले आफु निर्दोष रहेको बताउदै आएका थिए ।

नेपालमा म्याच फिक्सिङका विषयमा कानुन नभएका कारण उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो । पाँच मध्ये अन्जन केसी भने बेटिङ अभियोगमा कहि दिन अघि पक्राउ परेका थिए ।

यद्दपी उनीहरुलाई फिफाले भने आजीविन खेलमा प्रतिबन्ध लगाएको छ ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अरुण कर्ण

    June 8, 2018, 11:22 a.m.

    बिशेष अदालतले सफाई दिए पनि खेल प्रेमी हरुले कहिले माफी दिने छैनन् गद्दारहरु लाई ।😠🤭😤

  •  0 Reply

तपाईको प्रतिक्रिया