काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाण्डौ नाइट्सलाई ७ विकेटले हराएको छ ।
जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले अर्धशतक ६६ रन तथा गौरान्शु शर्माले अविजित ५१ रन बनाए । काठमाण्डौका अविनाश बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
काठमाण्डौका सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन तथा सन्दीप रजालीले ३० रन बनाए । विराटनगरका राज नाननले ४ विकेट लिए । नन्दन यादव र रोहित पौडेलले एक/एक विकेट लिए । आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।