श्रीलङ्कासँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा श्रीलङ्का ९१ रनले पराजित

 पुष २४, २०७९ आइतबार ६:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्कासँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो ।

श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव १ सय १२ रनमा अविजित रहे ।

शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । भारत र श्रीलङ्काबीच अब तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया