जनकपुरलाई ६ रनले हराएर लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

 पुष २४, २०७९ आइतबार १५:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई/दुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भाेलि साेमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया