बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
सिरहा – सिरहाको मिर्चैया नगरपालिका ३ मा रहेको विद्यालयमा अध्ययनरत एक छात्राको ज्यान गएपछि अवस्था तनावग्रस्त बनेको छ ।
गएको शुक्रवार विद्यालयमा छँदा औषधि खाने क्रममा स्प्रिट पिएर बिरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारका क्रममा हिजो ज्यान गएको थियो । शनिवार राति १२ बजे उपचारका क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले जानकारी दिनुभयो ।
छात्राको ज्यान गएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् । आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग बन्द गरी नाराबाजीसमेत गरेका थिए । आक्रोशित प्रदर्शनकारी अनियन्त्रित भएपछि भिडलाई तितरबितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउन्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिनुभयो ।
गएको शुक्रवार पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट दिँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताउनुभयो । स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरि विद्यालयका प्रधानाध्यापक प्रदीप तिवारीले घर पुर्याएकाले समयमै उपचार हुन नसकेको उहाँको भनाइ छ ।
‘प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीबेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौँ’, उहाँले भन्नुभयो, ‘अवस्था खराब हुँदै गएपछि अस्पताल पुर्यायौँ तर ढिला भइसकेको रहेछ ।’
दुई जना पक्राउ
प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रधानाध्यापक प्रदीप तिवारीलाई पक्राउ गरेको छ । मृतकका बुबा धर्मेन्द्रले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिनुभएको छ । जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेको हो ।
सिरहाका डीएसपी वलीले घटनाको सम्बन्धमा छानबिन भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।