नेपाल टी–२० लिग : विराटनगर दाेस्राे क्वालिफायरमा प्रवेश

 पुष २५, २०७९ सोमबार १५:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएकाे खेलमा काठमाण्डौ नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो ।

विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो । काठमाण्डाैका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाण्डाैका अनिल खरेल र कमलसिंह ऐरीले दुई/दुई तथा अभिनाश बोहरा, गौतम केसीले एक/एक विकेट लिए ।

विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि मङ्गलवार जनकपुर रोयल्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई छ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले ५५ लाख, उपविजेताले ३० लाख तेस्रो हुने टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया