पहिलो एक दिवसीयमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

 पुष २६, २०७९ मंगलबार ८:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानले पहिलो एक दिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितको लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका मोहम्मद रिजवान सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान बाबर आजम ६६ रनमा आउट भए । ओपनर फखार जमानले ५६ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सले एक/एक विकेट लिए । त्यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले सर्वाधिक ४३ रन तथा टम लाथमले ४२ रन बनाए । पाकिस्तानका नसिम शाहले ५ विकेट लिए । उस्मान मीरले दुई, मोहम्मद नवाज र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । यी दुई देशबीचको दोस्रो एक दिवसीय बुधवार र तेस्रो खेल शुक्रवार हुनेछ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया