काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर उपाधि नजिकै पुगेको हो ।
विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर एक बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । जनकपुरका लागि विदेशी खेलाडी चाडविक वाल्टनले ५१ र ट्रेभन ग्रिफ्तले ३४ रन बनाए । विराटनगरका किओन जोसेफले तीन तथा नन्दन यादव र राज नन्नानले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि गौरांशु शर्माले सर्वाधिक ४२, अर्जुन साउदले ३५, राज नन्नदले ३३ र होसाइन तलातले ३१ रन बनाए । जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिए ।
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।