पृथ्वी थिए, त्यसैले नेपाल छ, एकता दिवस मनाउँदा हीनताबोध गर्न पर्दैन : राजेन्द्र लिङ्देन

 पुष २७, २०७९ बुधबार १९:२२:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

३०१ औँँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा उहाँले पृथ्वी जयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभइ नेपाली नागरिकको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकता दिवस मनाउँदा कसैले हीनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।’

एक प्रश्नको जवाफमा सरकारका प्राथमिकतामा आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको अध्यक्ष लिङ्देनले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएको छ, सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ, मलखादको सहज उपलब्धता गर्ने विषय पनि स्वीकार गरेको छ । दलभित्र छलफल गरेर हामी सरकारमा सहभागी हुने विषयलाई टुङ्ग्याउँछौँ ।’

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया