काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलियाले अफगानिस्तानको टिमसँग क्रिकेट नखेल्ने भएको छ । क्रिकेट अस्ट्रेलियाले एक विज्ञप्ति निकालेर आउँदो मार्चमा यूएईमा हुने तय भएको एकदिवसीय क्रिकेट शृङ्खला नखेल्ने जनाएको छ ।
तालिबान सरकारले महिला अधिकारलाई बन्देज लगाउँदै विभिन्न प्रतिबन्ध लगाएको विरोधमा अस्ट्रेलियाले क्रिकेट नखेल्ने घोषणा गरेको हो । तालिबानले महिलाको शिक्षा, रोजगारी तथा पार्क र जिममा प्रतिबन्ध लगाउने निर्णय गरेकाले यसको विरोधमा अफगानिस्तानको टिमसँग नखेल्ने निर्णय गरेको त्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा उल्लेख छ ।
अस्ट्रेलिया क्रिकेट बोर्डले अफगानिस्तानलगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो देशमा महिलाको अवस्था सुधार्ने काम गर्ने आशा रहेको जनाएको छ । अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता हातमा लिँदा तालिबानले महिला अधिकारको बारेमा कडा नहुने बताएको थियो, यद्यपि त्यसयता तालिबानले महिलामाथि धेरै प्रतिबन्ध लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।