काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ ।
आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो ।
मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई/दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एकले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका काजल श्रेष्ठले २४ तथा रुविना क्षेत्रीले अविजित २१ र अप्सरी वेगमले ३ रन बनाइन् ।
जितसँगै प्रदेश एकले अङ्कतालिकामा २ अङ्क जोडेको छ । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता आजदेखि सुरु भएको हो । यो प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोलीको सहभागिता छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।