नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन ।
२०७७ साल मङ्सिर २५ गते काठमाण्डाै महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँगको सहकार्यमा काम गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको ४५ दिनबाट काम सुरु गर्ने भने पनि सुरुको एक वर्ष कोरोना महामारीको कारण काम अघि बढाउन नसकेको काठमाण्डौ महानगरपालिकाको भनाइ छ ।
कोरोनाको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्ने जस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो । सहमतिपत्रअनुसार महानगरपालिका भित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्ती महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात महानगरको ६० र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको जम्मा ६० किलोमिटर क्षेत्रमा यस किसिमको बत्ती जडान गर्न सम्झौता भएको थियो ।
सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोकसम्म, पुतलीसडक, शीतलनिवास लगायतका क्षेत्रमा पहिलो चरणमा झण्डै १२ करोड रुपैयाँको लगानीमा एक हजार सात सय सय थान आधुनिक सडक बत्ती जडानको कार्य अघि बढाउने भनिएको थियो ।
काठमाण्डौ महानगरपालिकाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती बाले मुख्य सहमति भए पनि कुन कम्पनीको, कती थान, कुन क्षमताको बत्ती बाल्ने, मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्ने जस्ता विषयमा स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्न छलफल भइरहेकाले तत्काल काम सुरु हुने प्रमुख थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।