काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ ।
गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो । पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेसी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।
रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे ।
यी दुई टिमबीचकाे खेलकाे धेरै महत्त्व नभए पनि विश्वभरका फुटबलप्रेमीकाे ध्यान याे खेलले तानेकाे थियाे । खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।