इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्टह्याम विजयी

 माघ ८, २०७९ आइतबार ६:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् ।

गएराति भएको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो ।

गएराति भएका अरु ४ खेल बराबरीमा सकिएका छन् । लिभरपुल र चेल्सी, लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् । लिभरपुल र चेल्सी तथा क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेले ।

त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया