काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको पाइएको छ ।
खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरेर जनाएको छ ।
खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।
स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाण्डाै नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।
अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।