काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ ।
लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरेको छ । यो प्रतियोगिता भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरदेखि वेस्टइन्डिजका ब्रायन लारासम्मका खेलाडीले खेल्दै आएका छन् । लिगमा वर्ल्ड जायन्टस्, इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहनेछ ।
लिगको तेस्रो संस्करण आउँदो फेब्रुअरी २७ देखि मार्च ८ तारिखसम्म कतार र ओमानमा हुँदैछ । पारस खड्काले दुई वर्षअघि सन्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।