सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि ४३ जना महिला खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई बोलाएको हो । नेपाली टोलीले भारतमा फेब्रुअरी १३ देखि २५ को बीचमा हुने मैत्रीपूर्ण खेल खेल्नेछ ।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण भाेलि मङ्गलवारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने छ । एन्फाले हिजो साेमवार अनन्तकुमार थापालाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै गङ्गा गुरुङ सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
प्रारम्भिक टाेली : अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, अञ्जना राना मगर, अञ्जिला तुम्बापाे सुब्बा, अनुश्का शेर्पा, विमला विक, विमला चाैधरी, चन्द्रा भण्डारी, दीपा न्याैपाने, दीपा शाही, गङ्गा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमाली चाैधरी, हिराकुमारी भुजेल, कविता विक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुश्वर, मन्जलीकुमारी याेन्जन, मेनुका आले मगर, निर्मला विक, निशा थाेकर, प्रीति राई, रश्मीकुमारी घिसिङ, रेखा पाैडेल, रेनुका नगरकाेटी, सबिता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एअर, सरु लिम्बु, सृजना चेम्जाेङ, सिर्जनासिंह ठकुरी, सुनिता चाैधरी र उशा नाथ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।