चलचित्र चंगा चेटकाे ‘गोजीमा दाम छैन’ गीत यूट्यूबमा एक करोड भ्यू

 असोज २५, २०७५ बिहिबार १३:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - भनिन्छ, चलचित्र चल्ने र नचल्ने भन्ने कुरा चलचित्रमा समावेश भएको गीतले पनि भविस्यवाणी गरिदिन सक्छ । 

पछिल्लो समय हरेक चलचित्रमा एउटा न एउटा लाक शैलीको गीत समावेश गर्ने चलनको विकास भएको छ । नभन्दै त्यस्ता गीत संगीतलाई दर्शकले पनि राम्रै रुचाउँदै आएका छन् । 

यसैबीच चलचित्र ‘चङ्गाचेट’ मा समावेश ‘गोजीमा दाम छैन’बोलको गीतलाई यूट्यूबमा १ करोडभन्दा बढी पटक हेरिएको छ ।

यो गीतलाई पनि लोक शैलीमा नै निर्माण गरिएको छ भने गीतले व्यवहारिक कुरालाई नै झल्काएको छ । 

विशेषत युवा पुस्तामा यो गीत निकै चर्चित बनेको छ । यो गीतलाई हरिहर तिमिल्सिनाले लेखेका हुन् भने यसमा राजनराज सिवाकोटीले संगीत गरेका छन् ।
गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको सकिन्छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्र्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता राणा र सन्दिप क्षेत्रीलाई फिचर गरिएको छ ।
यसअघि चलचित्र छक्का पञ्जा ३ मा समावेश पहिलो नम्बरमा बोलको गीतले पनि छोटो समयमै एक करोड भ्यू कटाएको थियो ।

माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको यस चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेकाहुन् । 

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यो चलचित्रको चर्चा थपिएको छ । ट्रेलरलाई पनि दर्शकले रुचाएका छन्  । चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा छ ।
 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया