काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज शुक्रवारदेखि सुरु हुँदैछ । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् ।
नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा सुरु हुनेछ । त्यसअघि भारत र भुटानबीच दिउँसो पौने ३ बजे खेल हुनेछ ।
आजदेखि सुरु हुने प्रतियोगिता २६ गते बिहीवारसम्म चल्नेछ । नेपालले दोस्रो खेल आइतवार भुटानसँग र तेस्रो खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीबीच बिहीवार फाइनल खेल हुनेछ ।
नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यसअघि १८ र १९ वर्षमुनिकाे फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिकाे फर्म्याटमा हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।