अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चार वटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।
गएको पुस ५ गतेदेखि दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्शनका फिल्ड सुपरभाइजर इन्जिनियर अर्जुन निरौलाले बताउनुभयो । अहिलेसम्म आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकिएको उहाँले बताउनुभयो । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम सकेको निरौलाले बताउनुभयो ।
तर तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ । उहाँका अनुसार चिसेन्जी र तुइन खोलामा आठ वटा ठूला मेशिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जना खटिएका छन् । गाडी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा गएको पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठ वटा पुलको एकै पटक भित्तो काट्ने काम सुरु भएको थियो । यो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ ।
अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुले भने सास्ती खेप्दै आएका छन् । तराईलाई काठमाण्डौसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ गाडी गुड्छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्शनले एक अर्ब २५ करोड रुपैयाँमा विसं २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो । यसको काम सक्नुपर्ने समयावधि २०७९ पुस ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ ।
यो अवधिमा खहरे खोला, खोर खोला, लामो बालुवा खोला, भोर्ले खोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चे खोलामा गरी नौ वटा पुल निर्माण भइसकेका छन् । पाँच वटा पुल निर्माणाधीन छन् । जसमा जुगेडी, रिग्दी खोला, काली खोला, तुइन खोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ । गाडी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ । त्यसैका आधारमा फागुनपछि पनि दिउँसो गाडी बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।