काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाले यूईएफए असिस्ट १७ वर्षमुनिको महिला च्याम्पियनसिप २०२३ का लागि बन्द प्रशिक्षणमा २८ जना खेलाडी बाेलाएकाे छ ।
बङ्लादेशमा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रवार आज २८ प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् ।
प्रतियोगिता आउँदो मार्च २० देखि ३१ सम्म आयोजना हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले यूईएफए असिस्ट कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा यसअघि नोभेम्बरमा बङ्लादेशमा भएको साफ १५ वर्षमुनिको महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको टोलीका गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसहित १६ जना खेलाडी परेका छन् ।
एन्फाले १७ वर्षमुनिकाे च्याम्पियनसिपका लागि खेलाडी छान्न यही जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।