काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बङ्लादेशसँग खेल्दैछ । खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।
नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र आयोजक बङ्लादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।