प्रिमियर लिग : म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी

 फागुन १, २०७९ सोमबार ७:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।

सिटीका लागि खेलको ४औँ मिनेटमा नै रोड्रीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गरे भने रियाद महारेजले पेनाल्टीमा गोल गरे।

एस्टोन भिल्लाका लागि ओली वाट्किन्सले सान्त्वना गोल गरे ।  जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । २२ खेलमा सिटीले ४८ अङ्क जोडेको छ । सिटीले शीर्ष स्थानको आर्सनलसँग अङ्क दूरी छोट्याएको छ । आर्सनलको ५१ अङ्क छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई हराएको छ । म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले विजयी भएको हो । युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एलेजान्ड्रो गर्नाचोले एक/एक गोल गरे । जितपछि म्यानचेस्टर युनाइटेडको ४६ अङ्क भएको छ । म्यानचेस्टर अङ्क तालिकाको तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया