त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

 फागुन ५, २०७९ शुक्रबार ७:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

खेल बिहान ९ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ। 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया