काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाली राष्ट्रिय महिला फुटबल टोली र भारतको टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । खेल चेन्नईमा रहेको जवाहरलाल नेहरू मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
बुधवार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी भएको थियो । घरेलु टोली भारतसँग दुई गोलको अग्रतालाई उल्ट्याएर नेपालले रोमाञ्चक बराबरी खेलेको थियो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
गएको भदौमा दशरथ रङ्गशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो । ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।