काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले एस्टन भिल्लाई ४–२ गोलले हरायो।
आर्सनलका बुकायो साका, ओलेक्सन्डर जिन्चेन्को र गाब्रियल मार्टिनेलीले गोल गरे । उसले एक गोल उपहार पाएको थियो । भिल्लाका ओली वाट्किन्स र फिलिपे कौटिन्होले गोल गरे । जितसँगै आर्सनलको २३ खेलमा ५४ अङ्क भएको छ । पराजित एस्टन भिल्ला समान खेलमा २८ अङ्ककासाथ ११औँ स्थानमा छ।
गएराति भएका अरु खेलमा लिभरपुलले न्युक्यासललाई २–० गोलले तथा साउथह्याम्पटनले चेल्सीलाई, बर्नमाउथले उल्भ्सलाई, एभर्टनले लिड्स युनाइटेडलाई र फुलह्यामले ब्राइटनलाई १–० गोलले हराएको छ । नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।