प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायाे, टोटेनह्यामसँग वेस्टह्याम पराजित

 फागुन ८, २०७९ सोमबार ६:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्यो ।

म्याचेस्टर युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई गोल गरे भने जडन सान्चोले एक गोल गरे । तेस्रो स्थानमा रहेको म्याचेस्टर युनाइटेडले जितसँगै ४९ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ५२ अङ्कसहित दोस्रो स्थानमा छ भने ५४ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ । लेस्टर सिटी २४ अङ्कसहित १४औँ स्थानमा छ ।

यस्तै, गएरातिकै अर्को खेलमा टोटेनह्यामले वेस्टह्यामलाई २–० गोल अन्तरले हराएको छ । टोटेनह्यामका लागि इमरसन रोयल र सन हिउन्ग–मिनले एक/एक गोल गरे । अङ्क तालिकाको चौथो स्थानमा रहेको टोटेनह्यामको ४२ अङ्क छ।  वेस्टह्याम २० अङ्कसहित १८औँ स्थानमा छ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया